प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको एकल इजलासमा



काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।

उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकज इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज ९बिहीबार० प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

अदालतले प्रचण्डलाई आज हाजिर हुन भनेको तारेख पर्चामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहिबार  १२ : १४ बजे