नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहण आज



काठमाडौं, फागुन २९ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा पद तथा गोपनीयताको लिदैछन् ।

पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।

त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति हुनेछन् । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।

प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार  ९ : ०९ बजे