रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै फेरि सर्वोच्चमा रिट



काठमाडौं, १९ चैत्र ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्धा चलाउन भन्दै युवराज पौडेल ‘सफल’ सर्वोच्च अदालत पुगेका हुन्।

सफलले रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरेका छन्। लामिछानेविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।

तर प्रहरी र सरकारी वकिल कार्यालयले लामिछानेविरुघ मुद्दा नचलाउने निर्णय गरेका थियो। मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।

यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

प्रकाशित मिति : चैत्र १९, २०७९ आइतबार  ३ : ३२ बजे