काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सकिने निर्वाचन आयोगले बताएको छ।
आयोगका अनुसार चितवन- २, तनहुँ-१ र बारा- २ मा हुने निर्वाचनका लागि सोमबार दर्ता भएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने छ।
ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।














