काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेपाली राहदानी मुद्दा सर्वोच्च अदालतमा अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भएको छ।
युवराज पौडेलले दायर गरेको रिट निवेदनमा मङ्गलवार प्रारम्भिक सुनुवाइको पेशी तोकिँदा त्यो न्यायाधीश सिन्हाको इजलासमा परेको थियो।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उनको विषयमा “यसअघि संवैधानिक इजलासमा राय राख्ने न्यायाधीशहरूले सकेसम्म यस मुद्दा नहेर्ने” भन्ने दृष्टिबाट त्यस्तो निर्णय गरिएको बताए।अर्को पेशी “भोलि-पर्सीमै” तोकिन सक्ने उनले बताए।
यसअघि नागरिकता मुद्दाका कारण सांसद पद गुमाएका रवि लामिछाने चितवन-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छन्।
सांसद पद गुमेपछि लामिछानेले गृहमन्त्रीबाट समेत राजीनामा दिएका थिए।














