रवि लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुदै



काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज हुदै छ।न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा हिजोपेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको हो ।

लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी मंगलबार परे पनि उक्त मुद्दा हेर्न नमिल्ने भन्दै आजका लागि सरेको हो।

रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो।

प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार  १० : ०८ बजे