सरकारलाई कामको गति बढाउन गगन थापाको सुझाव



काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कामको गति बढाउन आग्रह गरेका छन् । उनले सरकारको कामबारे प्रश्न उठाएका छन् । थापाले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको गुनासो पोखेका छन् ।

आज ९बुधबार० कांग्रेसनिकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरुमा आफूले ‘वार मेन्टालिटी’ नपाएको पनि गुनासो पोखेका छन् । सम्बोधनको क्रममा थापाले भने–‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ, तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’

थापाले सुरुवातदेखि नै सरकारलाई कामको गति बढाउन सुझाव दिँदै आएका छन् । पछिल्लो समय उनले नागरिकले सर्भिस डेलिभरी खोजेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार  ३ : ५३ बजे