ऋण ल्याएर संघीयता र प्रदेश पाल्न सकिँदैन : सांसद शाही



काठमाडौँ,२३ चैत्र । प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको बिरोध गरेका छन्।

उनले संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको बताए। कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उनले बताए।

उनले भने, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने। यहाँ युवाहरु हरेक दिन बेरोजगारी बढेको बढेकै छ। त्यो पैसा कहाँ गयोरु यो पैसाको एक एक हिसाव किताव अहिलेका प्रधानमन्त्रीहरुले र आजसम्म भएका प्रधानमन्त्रीहरुले जवाफ दिनुपर्छ। विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयोरु पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो। यदी एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ। म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ ।

एउटा देश ठूलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ। तर आज देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने । कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो। यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन।’

प्रतिनिधि सभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरुले दिनुपर्ने बताए।

प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार  ५ : ५६ बजे