काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजेको केन्द्रीय समितिको बैठक पाँच घण्टा पर सरेको छ । पार्टी महामन्त्री डा मुकुल ढकालका अनुसार अहिले विहान बस्ने तय भएको बैठक अव दिउँसो २ बजे बस्ने भएको छ
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
यसैबिच सांसद ढाकाकुमार श्रेष्ठले अप्ठेरो परेका बेला आफूलाई पार्टीले सहयोग गर्नुपर्ने बताएका छन् ।उनले छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक सदस्यले जानकारी दिए ।










