प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७२र१२/२८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७१र१२र२८ को निर्णय तथा प्रधानमन्त्रीको मिति २०७१/१२र३० को पत्रको आधारमा सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।”














