चितवनमा रवि लामिछानेको अग्रता बढ्दै



चितवन, ११ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाको ६ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

लामिछानेले तीन हजार ६०२ पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ५९३ मत प्राप्त गरेका छन् ।

७ वटा वडा रहेको पालिकाको अब ७ नम्बर वडाको गणना भइराखेको छ । यस निर्वाचन क्षेत्रको इच्छाकामना गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार  ६ : १७ बजे