बर्दियामा १७ वर्षीया किशोरी बलाकार गर्ने पक्राउ



बर्दिया, १७ वैशाख । बर्दियाबाट १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । १७ वर्षीया किोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका(१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

गेरूवा गाउँपालिका(३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार  ७ : ३२ बजे