कैलालीमा एक कुखुरा फर्ममा आगलागी



धनगढी, २५ वैशाख । कैलालीमा एक कुखुरा फर्ममा आगलागी भएको छ ।

जोशीपुर गाउँपालिका–५ बनकट्टामा रामप्रसाद चौधरीको कुखुरा फर्ममा आगलागी भएको हो ।

गहुँको भुसामा लगाएको आगोबाट आगो सल्किएर आइतबार दिउँसो फर्ममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको कैलाली प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ९ : १६ बजे