बलात्कार आरोपमा एकजना पक्राउ



काठमाडौ, १२ असार । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरालाई प्रहरीले पक्राउ गरेको छ ।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : असार १२, २०८० मंगलबार  २ : ५५ बजे