टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ



धनगढी, १२ असार । कैलालीको टीकापुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो टीकापुर नगरपालिका–१ बनगाँउबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । टीकापुर नगरपालिका–३ शंकरपुरका ३० वर्षीय देबेन्द्रबहादुर शाही १७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : असार १२, २०८० मंगलबार  ५ : ५९ बजे