बजेटको विपक्षमा मतदान गर्ने जनमत पार्टीको निर्णय



काठमाडौं, १३ असार । जनमत पार्टीले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा सामेल जनमतले बजेट मधेशविरोधी र गरिबमारा तथा असमान रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : असार १३, २०८० बुधबार  १ : ०४ बजे