ललिता निवास प्रकरण : सञ्चार सचिव राउत पक्राउ



काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको सीआईबीकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।राउतलाई केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट पक्राउ परेको हो।

तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत रहेका राउतले सो जग्गा प्रकरणको फाइल मन्त्रिपरिषद्‍मा लग्न टिप्पणी उठाउँदा उनी सो प्रकरणमा मुछिएका हुन्।

प्रकाशित मिति : असार २४, २०८० आईतबार  ६ : १८ बजे