भ्रष्टाचारविरुद्धको अभियान जरोसम्मै पुग्छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने बताएका छन् । 


सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताए । यो अभियान जरासम्मै पुग्ने बताउँदै उनले यसका लागि सबै राजनीतिक दल र सांसदहरुको साथ चाहिने बताए ।


प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै उनले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको बताए । उक्त भेटमा अन्य विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रकाशित मिति : असार २५, २०८० सोमबार  ५ : २० बजे