सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै



काठमाडौ , २९ असार । नेकपा एमाले०को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ । एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ । 

प्रकाशित मिति : असार २९, २०८० शुक्रबार  १२ : २७ बजे