नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उहाँका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने छ । यसैगरी कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए।
पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गली लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्रै छाडेका थिए ।














