देउवाले बुझ्न अस्वीकार गरेको कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन कार्यालयमा बुझाइने



काठमाडौं, २ असार ।  नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न पार्टी केन्द्रीय कार्यालयमा बुझाइने भएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाइन लागेको हो । 


केन्द्रीय कार्यसमितिको बैठकअघि प्रतिवेदन बुझाउन लागिएको छ । पार्टी कार्यालयमा मुख्यसचिवमार्फत् प्रतिवेदन दर्ता गराउने कार्य भइरहेको छ । 


कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए।
 

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  १ : ०५ बजे