पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई तीन वर्ष जेल सजाय



काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।इस्लामाबादस्थित अदालतले, उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको अन्तराष्ट्रिय सचार संस्थाहरुले जनाएका छन् ।

अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

खान २०१८ मा निर्वाचित भएका उनले विश्वासको मत प्राप्त गर्न नसक्दा गतवर्ष प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।

प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार  ६ : ५८ बजे