कोशी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै



काठमाडौं , १ भदौ । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बस्ने भएको छ । साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आज बस्न लागिएको हो ।आजको बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन गर्ने कार्यसूची रहेको छ ।यस्तै प्रदेश सभा नियमावली, २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल हुने कार्यसूची पनि रहेको छ ।

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  १० : ५० बजे