कांग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी हो : कांग्रेस वरिष्ठ नेता पौडेल



सुनसरी वैशाख, २९–

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकाले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले अहिले सम्म कुनै जात्, क्षेत्र, बर्ण , भाषा, भन्दा ,माथि उठेर सिङ्गो देश र नेपाली समाजलाई मार्ग दर्शन गर्ने विचार उठाइरहेको बताएका हुन् ।

अहिले सरकारमा रहेका पार्टीहरुले नै विगतमा मुलुकलाई जातिय, छेत्रीय,र साम्प्रदायिक रुपमा बिभाजन ल्याउन खोज्दा काङ्ग्रेसको अडानले त्यसलाई परास्त गरेको समेत नेता पौडेलले स्मरण गराए ।  वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट भन्दा सिङ्गो नेपाली काङ्ग्रेसमा लाग्न सबैलाई आग्रह गरे ।

उनले  अहिलेसम्म भएका सबै ठुला  भ्रष्टाचार कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गर्दै  काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे । कम्युनिष्टहरुको वहकाबको पछि नलाग्न आग्रह गर्दै नेता पौडेलले भने ‘देशलाई बिकास, राजनितिक स्थिरता र शान्ती दिनका लागी काङ्ग्रेसले के के त्याग गर्‍यो, त्यो सबैका सामु छर्लङ्ग छ ।’

नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एक महिने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्न समेत आग्रह गरे । जागरण अभियानले पार्टी भित्र नयाँ आशाको सञ्चार गराउने समेत नेता पौडेलले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार  ८ : ३७ बजे