अहिलेकै विकासको मोडलमा अघि बढे मूलुक संकटमा फस्ने निश्चितः प्रचण्ड



काठमाडौं वैशाख, ३१–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिएका छन् । मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकास आजको आवश्यक्ता रहेको प्रष्ट पारे ।
उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान समेत गरे ।

नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार  ९ : २७ बजे