प्रधानमन्त्री चढेको जहाजका लागि ४० मिनेट आकाश ठप्प, यात्रु भने आकाशमा फन्को मार्न बाध्य



काठमाडौं जेठ, २–
प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहिबार  २ : १६ बजे