कुटपिट गरी जवरजस्ती बिस लाखको चेक बनाएको आरोपमा एकजना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक्स्टर्सनको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पीडितलाई कुटपिट गरी जवरजस्ती बिस लाखको चेक र आठ लाख पचास हजारको कागज गराई अपराधिक लाभ लिने कार्यमा संलग्न काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने ३३ वर्षको सुरज कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काँडाघारी स्थित घरजग्गा कारोबार तथा ड्राइभिङ्ग सेन्टर संचालन गर्ने कार्यालयमा पिडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिएको राखेका थिए । श्रेष्ठलाई २५ गते काँडाघारीबाट पक्राउ गरी २६ गते आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको छ । सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको छ ।

सुरज कुमार श्रेष्ठ जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको साथै गुण्डागर्दीमा समेत संलग्न रहेको ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ७ : ०४ बजे