काठमाडौं, ३१ भदौ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् ।
हेटौँडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।
संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारी दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालेको हो ।सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको समय दिएपनि दोषी माथि कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो ।संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।











