गायक सागर नेपाली काँग्रेसमा प्रवेश, काँग्रेस नेता पौडेलले गरे पार्टीमा स्वागत



काठमाडौं–

लोक्गायक सागर नेपाली काठमाडौंमा आयोजित एक कार्यक्रममा काँग्रेस प्रवेश गरेका छन् । उनलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी प्रवेश गराउदै पार्टीमा स्वागत गरेका हुन ।

गायक सागर नेपालीका माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु लगायतका गीत लोकप्रिय  रहेका छन ।

पार्टी प्रवेशपछि नेपालीले आफ्नो पेसाको साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन काँग्रेस प्रवेश गरेको बताए ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता पौडेलले आफ्नो पेसाको साथसाथमा  लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन साथ दिन सबै कलाकार र श्रष्टाहरु लाग्नु पर्ने बताए ।

उनलाई पार्टी प्रवेश गराउन काँग्रेसका नेता दान बहादुर बुढा, धन बहादुर बुढा लगायतका नेताको समन्वय रहेको नेविसंघका नेता सुशील भट्टले बताए ।

प्रकाशित मिति : जेष्ठ ५, २०७६ आइतबार  ५ : ०२ बजे