भिभो भि २९ फाइब जीसंगै “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” योजना सार्वजनिक



काठमाडैं । स्मार्टफोन ब्राण्ड भिभोले, आफ्नो भि सिरिज अन्तर्गतको नयाँ फोन भिभो भि२९ फाइब जी सार्वजनिक गरेको छ।काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनिले भि २९ सार्वजनिक गरेको हो ।

आफ्नो अघिल्लो मोडल भि२७ को सफलतापछि भि२९ फाइब जीलाई विशेष महत्वका साथ सार्वजनिक गरिएको कम्पनीको दाबी छ । साथै भिभोले आफ्ना ग्राहकहरूका लागि दशैं विशेष अभियान “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” पनि घोषणा गरेको छ।

अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म रहने यस अफरमा ग्राहकहरूलाई आकर्षक पुरस्कारसंगै एकजना भाग्यशाली विजेताले रोयल इनफिल्ड प्राप्त गर्ने सो कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार  ७ : ०५ बजे