नगदसहित ५ जना जुवाडे पक्राउ



कास्की । कास्कीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लामाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा उनीहरुलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप ाआवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार  २ : १४ बजे