सरकारलाई कांग्रेस शिर्ष नेताहरुको प्रश्न – बिदेशी अनुदान र ऋणले कार्यकर्ता पाल्न पाइन्छ ?



१८ जेठ,बुटवल-

कांग्रेस सभापति शेरबहादुर देउवाले  सरकारले ल्याएको वजेट कार्यकर्ता पाल्ने खालको मात्र भएकोमा जोड दिदै विदेशबाट आएको अनुदान र ऋणले कार्यकर्तालाई पाल्न पाइन्छ ? भन्ने प्रश्न गरेका छन ।

नेपाली कांग्रेसको रुपन्देही जिल्ला सम्मेलन उद्घाटनमा बोल्दै शभापती देउबाले सरकार कार्यकर्ता पोष्न र नेकपाका कार्यकर्ता कमाउ धन्दामा लागेको बताएका हुन ।

शभापती देउबाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशताले सिमा नाघ्न थालेको बताउदै वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानब अधिकार खोस्न खोज्ने प्रधानमन्त्री ओलीको शैलिपूर्व राजाकै जस्तो भएको आरोप लगाए

उनले प्रधानमन्त्री ओलि राजा जस्तै बन्न थालेकोमा जोड दिदै आन्दोलनका लागी तयार रहन सबैलाई निर्देशन समेत दिए ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री  शशांक कोइरालाले पार्टी एकजुट भए कसैले हराउन नसक्ने बताउदै एकता नै कांग्रेसको शक्ती भएको बताए । महामन्त्री कोइरालाले सरकारको काम गराइका कारण नेपालमा शान्ती र स्थायित्व जोगाउन गाह्रो भएको बताए ।

उनले देशमा फेरी अशान्तिको बिउ रोपिन थालेको भन्दै यसका लागी बर्तमान सरकार जिम्मेवार भएको बताए । उनले सरकारलाई जिम्मेवार बन्न पनि आग्रह गरे ।

तेस्तै कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा केन्द्रिय सदस्य शेखर कोइरालाले सरकारका कारण फेरी लोकतन्त्र असफल हुन लागेको बताए । उनले बलत्कार ,भ्रष्टाचार र गुण्डागर्दिमा लाई सरकारले नै गरिरहेको आरोप लगाए ।सरकारकै कारण संघीयता समेत असफल हुने खतरा रहेको समेत औल्याए ।

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  १२ : १७ बजे