कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु



काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलन जनकपुरधाममा सुरु भएको छ ।

बिहीबार दिउँसो जनकपुरधामको तिरहुतिया गाछीमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्मेलनको उद्घाटन गरेका छन् ।

कार्यक्रममा केन्द्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ,गगन थापा, कांग्रस प्रवक्ता प्रकाशशरण महत लगायतका शीर्ष नेताहरु पुगेका छन् । प्रदेश र जिल्ला स्तरीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

प्रदेश सभापति कृष्ण प्रसाद यादवका अनुसार आजको सत्र समाप्त भएपछि भोलि बन्द सत्र हुनेछ । भोलि हुने बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने सभापति यादवले जानकारी दिए ।

उद्घाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट सयौं नेताकार्यकर्ताको उपस्थिति जनाएका छन् ।

प्रकाशित मिति : पुस ५, २०८० बिहीबार  ३ : ४३ बजे