रुपन्देही जेठ, १९–
कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गरेका छन् । आइतबार प्रेस युनियन रुपन्देहीले भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइडबडी खरिद र बालुवाटार काण्डमा ठूलो घोटाला भएको भन्दै अख्तियारले छानबिन गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
वाइडबडी खरिद प्रकरण र बालुवाटार जग्गा काण्डमा आफनो संलग्नता नभएको भन्दै पूर्व प्रधानमन्त्री देउवाले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए । उनले ओली सरकारले निरंकुशतातर्फ पाइला चालेकाले राणा र राजालाई जस्तै नागरिकले परास्त गर्नुपर्ने बताए । उनले कांग्रेसले गठन गरेको छायाँ सरकारले ओली नेतृत्वको सरकारले गर्ने हरेक गल्ती र कमजोरीको एक–एक हिसाब राख्ने चेतावनी पनि दिए ।








