नेपाली कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको आइतबारको संसद बैठक स्थगित



जेठ १९,पोखरा-

नेपाली कांग्रेसको अवरोध पछिगण्डकी प्रदेशसभाको आइतबारको संसद बैठक स्थगित भएको छ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले सोमबारसम्मका लागि संसद बैठक स्थगन भएको जानकारी गराएका हुन्।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा अनुदान जारी गरिएको मोडल फार्ममा चरम अनियमितता भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको निष्कर्ष सहित कांग्रेसले बजेट को बिशयमा सरकारका मन्त्री हरुको जवाफ मागेको थियो ।  प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले कार्यविधि बनाउँदा प्रदेश सरकारका मन्त्रीहरुले एकलौटी ढंगबाट बनाएको भन्दै जवाफ मागेका थिए।

‘ बजेटमा हामीले पटकपटक ध्यानाकर्षण गराउँदा मन्त्रीहरुले के भन्नु भयो भने, विश्वास गर्नुस् कार्यविधि बनाउँदा तपाईहरुलाई सहभागि गराउँछौँ भन्नु भो’, नेता नेपालीले भने, ‘कार्यविधि बनाउँदा मात्रै होइन। परिमार्जन गर्दा समेत सांसदहरुलाई बोलाइएन। मन्त्रालयबाट अनियमित तरिकाले बजेट बाँडियो।’

संसदमा उठाएका आवाजलाई मन्त्रीहरुले बाइपास गरेर जान नमिल्ने उनको तर्क छ। मन्त्रीहरुले आश्वासन दिने तर पूरा नगर्ने खालको परिपाटी लागु गर्न नदिइने समेत उनले बताए।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा अनुदान जारी गरिएको मोडल फार्ममा चरम अनियमितता भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको निष्कर्ष छ।

राजनितिक आस्थाकै आधारमा एउटै मोडल फार्मलाई ५५ लाखसम्म बाडिएको कांग्रेस सांसदहरुले आरोप लगाएका छन ।

 

प्रकाशित मिति : जेष्ठ १९, २०७६ आइतबार  १२ : २२ बजे