ठगको बिगबिगी : माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने थप एकजना पक्राउ



काठमाडौं । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाघर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने प्रकाश गुरुङ रहेका छन् ।

उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै छ लाख अठार हजार रुपैयाँ ठगी गरेका हुन् ।

रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : माघ १७, २०८० बुधबार  ७ : ०१ बजे