नेकपामा विवाद झन चुलिदैँ, आज बस्ने भनिएको सचिवालय बैठक समेत बस्न सकेन



काठमाडौं जेठ, २३–

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिबालय बैठक नेताहरु बिच भाग बण्डामा कुरा नमिले पछी स्थगित भएको छ । प्राधाअनमन्त्री तथा पार्टी अध्यक्षा केपी ओलि र बरीष्ट नेता माधब कुमार नेपाल बिच भागबण्डामा कुरा नमिली रहेको नेकपा श्रोतले जनाएको छ ।

पार्टीका अर्का प्रभाबशाली नेता बाम देब गौतम प्रधानमन्त्री तथा अध्यक्ष ओलि प्रती झानै क्रुद्द देखिएका छन ।उनले पार्टी एकताको एक वर्षसम्म ४०–४५ जनाबाहेक सबै केन्द्रीय सदस्य नेतृत्वका कारण बेरोजगार बन्दा पार्टीलाई ठूलो क्षति पुगेको भन्दै अध्यक्ष ओलि प्रती आक्रोश पोखेका छन् ।

उनले सबैतिर अध्यक्षले गुट हेरेर एकलौटी जिम्मेवारी दिँदै आएको र इन्चार्ज–सहइन्चार्जको प्रस्ताव पनि त्यसैगरी आएको भन्दै जस्ताको तस्तै पारित गर्न चुनौती दिएपछी सचिबालय बैठक बस्न समस्या भइ रहेको बुझिएको छ ।

आज बिहान बोलाईएको सचिबालय बैठक  तयारीकै लागि दिउँसो १२ बजेसम्म सारिएको थियो। तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो।

यसअघि हिजोको छलफलमा आज बैठक बसेर जिल्लाका इन्चार्ज र सह–इन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो। तर नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहिबार  ७ : १६ बजे