सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाए संसद अवरुद्ध :कांग्रेस सभापति देउवा



ललितपुर-

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए । शुक्रबार पार्टीद्धारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने बताए ।

कांग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान समेत गरेका छन् । कांग्रेस ललितपुरले शुक्रबार आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले कांग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

“कांग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिने छ”, सभापति देउवाले भने, “देशभर नै अरु पार्टीबाट कांग्रेस प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली काङ्गेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।”

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको बताए कार्यक्रममा कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्य तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत लगायतले आ-आफ्नो धारणा राखेका थिय ।

 

प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार  १ : ०१ बजे