भानुभक्तको जन्मथलो चुँदीरम्घाको विकासका लागि नेतृत्व लिन तयार छु : कांग्रेस बरीष्ट नेता पौडेल



दमौली, २६ जेठ –

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुँदीरम्घाको विकासका लागि आफूले नेतृत्व लिन तयार रहेको  बताएका छन ।

तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यसका लागी आफुले सक्दो प्रयास गर्ने बताएका हुन ।

पौडेलले  निर्माण भएको गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिए ।

नेपाली भाषाका धरोहर आदिकविको जन्मथलोको विकासका लागि साहित्यिक उद्यानको गुरुयोजना बनाएको स्मरण गर्दै पौडेलले  , राजनीतिले अर्कै मोड लिएपछि चुँदी क्षेत्रसमेत ओझेलमा पर्न थालेको बताए ।

चुँदीरम्घाको विकासका लागि आफू नेतृत्व लिन तयार रहेको बताउदै नेता पौडेलले यस क्षेत्रको बिकाशका स्थानीयहरुलाई पनि लाई अग्रसर हुन आग्रह गरे ।

फरक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेस प्रतिपक्षमा रहदा विकासका योजना अलपत्र परेकोमा जोड दिदै पौडेल्ले भने “विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ, तर सरकार देशको प्राथमिकता छोडेर अन्यत्रै अलमलिएको छ ।”

नेता पौडेलाले नेकपा र नेकपाका नेताहरुले सरकार भेटे पछी जनता र देश प्रतिको दायित्व बिर्सेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, उर्जा विकास र पर्यटनमार्फत् देश समृद्ध बन्न सक्ने भएकाले सरकारले यी विषयलाई प्राथमिकतामा राखेर विकास योजना बनाउन सुझाव दिए ।

 

 

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आइतबार  १२ : ५८ बजे