गुठी संस्कृति सखाप पार्ने अभियानमा कम्युनिष्ट सरकारः कांग्रेस नेता प्रकाशमान सिंह



काठमाडौं जेठ, २९–
नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले संविधान कुल्चिएर गुठी संस्कृति सखाप पार्ने दूर्नियत राखेर सरकार अघि बढेको आरोप लगाएका छन् । बुधबार संसद बैठकमा बोल्दै नेता सिंहले सरकारले ल्याएको गुठी विधेयकमाथि आपत्ति जनाएका हुन् । उनले सम्बन्धित पक्षसँग छलफल नै नगरी हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परालाई ध्वस्त गराउनेगरी सरकारले नियोजित रुपमा यो गुठी विधेयक ल्याएको आरोप समेत लगाए । नेता सिंहले प्रश्न गरे। यो विधेयकले गुठीयारहरुको हकमा पनि निजी गुठीलाई सार्वजनिक गुठीमा लगेर यसको अस्तित्व नै समाप्त गर्नेगरी यो विधेयक कसको लागि केकालागि ल्याएको हो ?
अहिलेको अवस्थामा गुठी विधेयक परिमार्जन गर्नुको आवश्यकता के हो ? भन्दै हजारौं हजार संख्यामा चल्दै आएको गुठीको अस्तित्व नामेट पार्ने अधिकार गुठीको नरहेको उनले बताए ।

उनले पुस्तौं पुस्तादेखि सञ्चालन गर्दै आएको निजी गुठीलाई नियन्त्रण गर्न खोजेको भन्दै यो संविधानको धारा २९० को विपरित रहेको बताएका छन् । त्यो निजी सम्पत्ति राख्ने अधिकार र धार्मिक स्वतन्त्रताको अधिकारमाथि समेत यो ऐनमा उल्लेखित व्यवस्थाले हनन् गरेको नेता सिंहको आरोप थियो ।
यसअघि आजको संसद बैठकमा कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार  ८ : ३२ बजे