काठमाडौं जेठ, २९–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले संसदमा दर्ता गराएका विभिन्न विधेयकहरुको चर्को विरोध गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले बुधबार ट्वीटमार्फत सरकारले सरकोकारवाला पक्षसँग छलफल नै नगरी दुईतिहाईको उन्मादमा विधेयक ल्याएको आरोप लगाएका हुन् ।
उनले सरकारसँग संविधानको मूल मर्म र भावनामा प्रतिकुल हुनेगरी प्रभाव विस्तार गरेर कब्जा गर्ने नियतले प्रस्ताव गरिएका विधेयकहरु तत्काल फिर्ता लिन समेत माग गरेका छन् । पछिल्लो समय सरकारले प्रस्ताव गरेका मिडिया काउन्सिल विधेयक र गुठी विधेयकको चर्को विरोध भैरहेको छ ।
पौडेलले लेखेको ट्वीटः
दुई तिहाइको उन्मादमा सरोकार वालाहरूसँग परामर्श नगरी संसदमा विभिन्न विधेयकहरू प्रस्ताव गरिएको छ । संविधानको मूल मर्म र भावनामा प्रतिकूल हुने गरी प्रभाव विस्तार गरेर कब्जा गर्ने नियतले ल्याइएका यस्ता विधेयकहरू यथाशीघ्र सरकारले फिर्ता लिनुपर्छ ।








