नवलपुर असार, २–
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले जनताको इच्छाविपरीत काम गरेर सरकारले आफ्नै आयु घटाएको आरोप लगाएका छन् । आइतबार पूर्वी नवलपरासीको कावासोतीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकारले गुठीलाई चलाएर नेपालीको पहिचान र संस्कारमाथि धावा बोलेको आरोप लगाएका हुन् ।
महामन्त्री कोइरालाले भने, ‘गुठी, अदालत, सञ्चार क्षेत्र सबैलाई आक्रमण गरेर सरकारले अधिनायकवाद लाद्न खोजेको छ ।’
विधेयकका नाममा सरकारले निरंकुशता लाद्न खोजे कांग्रेसले डटेर सामना उनको भनाइ थियो । उक्त कार्यक्रममा सत्तारुढ नेकपा तथा अन्य दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई कोइरालाले फूलमाला र अबिरले पार्टीमा स्वागत गरेका थिए ।








