सोलुखुम्बुका बिधार्थीहरुलाई उज्यालो बाड्दै कांग्रेस नेता कार्की



सोलुखुम्बु-

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउपालिकाका ३ वटा बिधालयका विद्युतको पहुँच भन्दा बाहिर रहेका बिधार्थीहरुलाई सोलार लाईट बितरण गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा नेपाल उध्योग बाणिज्य माहासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीको अगुवाइमा लिखुपिके गाउपालिकाका श्री बुद्ध माबि,चण्डेश्वर आधारभुत बिधालय र नमुना आधारभुत बिधालयका बिधार्थिहरुलाई सोलार लाईट बितरण गरिएको हो ।

एक्पटक चार्ज गरेपछी घण्टौसम्म टिक्ने र बिधार्थीहरुलाई पढ्न सजिलो हुने लाइट नेता कार्कि,लिटल सन अमेरिका र युस नेपाल क्लाईम्बर्स एसोसिएसनको सहकार्यमा स्थानिय बुद्ध माबिको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच बिधार्थीहरुलाई बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नेता कार्कीले बिधालय क्षेत्रको बिकाशलाई बढी प्राथमिकता दिन जरुरी रहेको बताए ।  नेता कार्किले बिधालयदेखिनै प्रबिधीमैत्री शिक्षाको शुरुवात गर्दै बिधालय शिक्षालाई गुणस्तरीय बनाउन सके मात्रै सबै माथी न्याय पुग्नेमा जोड दिए । सोलुखुम्बुको शैक्षिक एबम अन्य क्षेत्रको बिकाशका लागी सबै सोलुखुम्बुबासीहरुसग हातेमालो गर्न आफु तयार रहेको बताउदै उनले जिल्लाको बिकाशका लागी एक्जुट हुन सबैलाई आग्रह गरे । तेस्तै स्थानिय बुद्ध माबीमा अध्ययनरत बिधार्थिहरु मध्यबाट पढाइमा उत्कृष्ट आर्थीक अवस्था कमजोर रहेका एक छात्र र एक छात्रालाई पढाइमा सहयोग पुर्याउन नेता एबम समाजसेवी कार्किले बार्षिक छात्रबृत्ती दिने समेत घोषणा गरेका छन ।

कार्यक्रममा नेपाली काङ्रेसका पूर्व जिल्ला सभापती प्रभुराम बस्नेत,स्थानिय बिभिन्न बिधालयका शिक्षक,बिधार्थि,प्रधानाध्यापक ,लायन्स क्लब अफ क्यापिटल काठ्माण्डौ अध्यक्ष मन्दिरा बस्नेत कार्कि, स्थानिय बुद्दिजिबिहरु, राजनितिक दलका नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

पछिल्लो समय राजनिती सगै सामाजिक काममा समेत सक्रीय कार्की गत प्रतीनिधीशभा तथा प्रदेशशभाको निर्बाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश शभा ‘क’ सोलुखुम्बुमा उम्मेदवार समेत हुन । कार्कीले आफु जनताको सेवा र सामाजिक कामकै लागी राजनितिमा आएको त्यस बाहेक आफ्नो कुनै निजी स्वार्थ नरहेको बताउदै आएका छन । सोलु जिल्लाको सामाजिक क्षेत्रमा यस अघी देखी नै निरन्तर सहयोग पुर्याउदै आएका कार्किको योगदानलाई जिल्लाका सबैले उदाहरणिय रुपमा लिन थालेका छन ।

प्रकाशित मिति : असार ४, २०७६ बुधबार  १ : २२ बजे