अब सरकार पुनर्गठन हुन्छ : नेकपा अध्यक्ष प्रचन्ड



कास्की-

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् । कास्कीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री हेरफेर हुन सक्नेबारेमा पत्रकारले राखेको जिज्ञासमा प्रचण्डले भने, “बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ । तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ ।”

विप्लवप्रति उनले राज्यले गर्ने काम जारी राख्ने बताए । उनले उल्टो बाटोबाट कहिँ नपुगिने बताउँदै वार्तामा आउन आग्रह गरे । “काठमाडौंमा बडो दुखद घटना भयो, चारवटा बम विस्फोट गराएर केही हुने पनि थिएन,” उनले भने, “त्यो कन्फिडेन्ट छैन भन्ने प्रमाण पनि हो ।

राजनीतिक प्रक्रियामा आउनु नै राम्रो हो भ न्दै उनले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफुले राखेका भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति जनाए ।केहि समय अघी देखी नेकपामा आलोपालो सरकार चलाउने बिषयले बिबाद शुरु भएको छ ।

प्रकाशित मिति : असार ५, २०७६ बिहीबार  ५ : २६ बजे