काठमाडौं-
नेपाली कांग्रेसले ३३ देशमा रहेका जनसम्पर्क समितिका नेतारकार्यकर्तालाई डेनमार्कको कोपनहेगनमा प्रशिक्षण शुरु गरेको छ ।
नेपाली समय अनुसार शुक्रबार राति १०ः३० मा प्रारम्भ भएको प्रशिक्षण आइतबार सकिनेछ। नेपाली कांग्रेसको नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको नीति अनुरुप ३३ देशका जनसम्पर्क समितिका सदस्यहरु प्रशिक्षणमा सहभागी हुनेछन्।
महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, अनुशासन समिति संयोजक भीष्मराज आङ्दम्वेलगायत कार्यक्रममा सहभागी छन्। शनिबार जनसम्पर्क समिति डेनमार्कको १४ औं वार्षिकोत्सव पनि सम्पन्न भएको छ।
गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, नेतृ प्रतिमा गौतम प्रशिक्षण कार्यक्रमका लागि डेनमार्क पुगेका छन्। प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय प्रकाश शर्मा र मुक्ति आचार्य पनि सहभागी भएका छन्।
पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने वाहेक कार्यक्रममा बढ्दो तापक्रम र नेपालमा पर्ने प्रभाव, बदलिएको राजनीति दक्षिण एसिया र नेपाल, समाजबादको युरोप अनुभव र नेपाललगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।








