सर्लाही हत्याकाण्डले पञ्चायतकाल सम्झायो, घटना अत्यन्तै खेदजनकः जनार्दन शर्मा



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या खेदजनक भएको बताएका छन् । उनले पौडेल हत्याको घटना घटना गम्भीर भएको भन्दै उक्त घटनाले पञ्चायतकाललाई स्मरण गराएको बताए । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेता शर्माले संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक हत्या गरिएकोमा आपत्ति जनाएका हुन् ।

निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ,’ उनले भने, मलाई त्यो बेला धनमायाको हत्याको याद आयो, पञ्‍चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो।’ शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्नन उठने सक्ने बताए।नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाए।

यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ भन्दै नेता शर्माले यसमा सरकारको ध्यान जानुपर्ने बताए । लोकसेवाको विज्ञानपनमा पनि मास भड्काउने काम भएको भन्दै नेता शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेल हत्याको विषयमा जवाफ दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : असार ८, २०७६ आइतबार  ६ : ४२ बजे