गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको ‘रिपब्लिक डे ’अफर



काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०८१ को अवसरमा आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ ।

टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०८१ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।

छुट प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०८१ सोमबार  ४ : ४७ बजे