डडेल्धुरा । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को ६१औं वार्षिक प्रतिवेदन अनुसार गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु देखिएको हो।
महालेखाको प्रतिवेदन अनुसार सुदुरपश्चिम प्रदेशका जम्मा ८७ स्थानिय तहमध्य गन्यापधुरा गाउँपालिका सबै भन्दा कम बेरुजुसहित बित्तिय अनुशासनमा उत्कृष्ट देखिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार गन्यापधुरामा लेखा परिक्षण गरेको रकमको जम्मा ०.२० प्रतिसत रकम मात्रै बेरुजु देखिएको छ। ०.२० प्रतिसत बेरुजु भनेको सुसाशनका दृष्टिले महत्वपुर्ण रहेको आर्थिक क्षत्रका जानकारहरु बताउछन् ।गन्यापधुरा गाउँपालिका पछि सुदुरपश्चिम प्रदेशका परशुराम, अमरगढि, टिकापुर,पुर्नबास नौगाढ र पाटन नगरपालिकाको पनि कम बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले प्रचलित कानुन बमोजिम रीत नपुर्याई गरेको कारोबार वा राख्नुपर्ने लेखा नराखी अनियमित तरिकाले गरेको आर्थिक कारोबारलाइ बेरुजु देखाउने गरेको छ ।














