आइतबार घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौँ ।स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने तोलामा २०० घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  ११ : १९ बजे