काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जानकारी गराएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।











